Skip to main content

Posts

Showing posts from April, 2025

नत्र शिक्षकले कहिले आन्दोलन गर्ने ?

हालै, त्रिभुवन विश्वविधालयमा आँफै उपप्राध्यापक रही अध्यापन गराएकी शिक्षामन्त्री विद्या भट्टराईको राजिनामा दिइन। सर्वोच्च अदालतले तीन दिनभित्र आन्दोलनरत शिक्षकहरुलाई विद्यालयमा फर्काई नियमित पठनपाठन गर्ने वातावरण सुनिश्चित गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। यससंगै शिक्षक आन्दोलनमा नयाँ मोड सिर्जना भएको छ।भट्टराईले शिक्षकको माग सम्बोधन गर्न ७ बुँदे प्रस्ताव मन्त्रिपरिषद्‍मा लैजाने तयारीमा थिइन् । तर, मन्त्रिपरिषद् बैठक बस्नुअघि नै शिक्षामन्त्री भट्टराईले राजीनामा दिइन् । विहानसम्म कक्षा १२ को परिक्षा समयमै संचालन गर्ने अडानमा रहेको सरकारले बेलुका परिक्षा बोर्डलाई परिक्षा केहि दिन पर धकेल्न निर्देशन दियो। यी र यस्ता घटनाले शिक्षकहरुको आन्दोलन कता जाने हो भन्नेमा थप अन्यौलता सिर्जना गरेको छ । राजधानी केन्द्रित भई शिक्षकहरुले आन्दोलन गरिरहँदा नयाँ शैक्षिक सत्रमा नयाँ किताब सहित विधालयमा हुनुपर्ने विधार्थीहरु घरमै बस्न बाध्य छन्। सामाजिक संजालमा यसबारे पनि फरक फरक मत देख्न सकिन्छ ।केहि यसलाई शिक्षकहरुको अधिकारको लडाई भन्दै पठनपाठनका गतिविधि केहि समय ढिलो गर्दा पनि पाठ्यक्रम अनुस...