हालै, त्रिभुवन विश्वविधालयमा आँफै उपप्राध्यापक रही अध्यापन गराएकी शिक्षामन्त्री विद्या भट्टराईको राजिनामा दिइन। सर्वोच्च अदालतले तीन दिनभित्र आन्दोलनरत शिक्षकहरुलाई विद्यालयमा फर्काई नियमित पठनपाठन गर्ने वातावरण सुनिश्चित गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। यससंगै शिक्षक आन्दोलनमा नयाँ मोड सिर्जना भएको छ।भट्टराईले शिक्षकको माग सम्बोधन गर्न ७ बुँदे प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारीमा थिइन् । तर, मन्त्रिपरिषद् बैठक बस्नुअघि नै शिक्षामन्त्री भट्टराईले राजीनामा दिइन् । विहानसम्म कक्षा १२ को परिक्षा समयमै संचालन गर्ने अडानमा रहेको सरकारले बेलुका परिक्षा बोर्डलाई परिक्षा केहि दिन पर धकेल्न निर्देशन दियो। यी र यस्ता घटनाले शिक्षकहरुको आन्दोलन कता जाने हो भन्नेमा थप अन्यौलता सिर्जना गरेको छ । राजधानी केन्द्रित भई शिक्षकहरुले आन्दोलन गरिरहँदा नयाँ शैक्षिक सत्रमा नयाँ किताब सहित विधालयमा हुनुपर्ने विधार्थीहरु घरमै बस्न बाध्य छन्। सामाजिक संजालमा यसबारे पनि फरक फरक मत देख्न सकिन्छ ।केहि यसलाई शिक्षकहरुको अधिकारको लडाई भन्दै पठनपाठनका गतिविधि केहि समय ढिलो गर्दा पनि पाठ्यक्रम अनुस...
चार वर्षको कार्यकाल पछि अमेरिकाका वर्तमान राष्ट्रपति जो विडेन आउँदो जनवरी २०,२०२५ मा राष्ट्रपति कार्यालय बाट बिदा हुदैंछन् । तर पनि आउँदो नोभेम्बरमा हुने चुनावका लागि आफ्नो पार्टीबाट राष्ट्रपति उम्मेदवारका आकांक्षीका रुपमा प्राइमरी इलेक्सनमा भाग लिएका छन् ।अमेरिकी राष्ट्रपतिय इतिहासका उनी ४६ औं राष्ट्रपति हुन्। यस अघि बाराक ओबामाका दुवै कार्यकालमा उनी उपराष्ट्रपति पनि थिए। यसरी विडेनको राष्ट्रपति कार्यालयसँग पुरानै सम्बन्ध रहेको देख्न सकिन्छ। अमेरिकामा हरेक ४ वर्षको अन्तरालमा नोभेम्बर महिनामा राष्ट्रपति कार्यालयको लागि चुनाव गर्ने गरिन्छ। विजयी उम्मेदवारले जनवरी २० देखि कार्य सम्पादन गर्ने व्यवस्था रहेको हुन्छ। राष्ट्रपति पदका लागि आफ्नो मनोनयन दर्ता गराउन इच्छुक उम्मेदवारले पार्टीको आन्तरिक चुनावमा बिजयी भै आउनु पर्ने हुन्छ। जसलाई अमेरिकी शब्दमा “PRIMARY ELECTION” भनिन्छ । आज हामी सोहि PRIMARY ELECTION का बारेमा चर्चा गर्नेछौं। PRIMARY ELECTION राष्ट्रपति कार्यालयका लागि हुने निर्वाचन पुर्व नै अमेरिकाका ५० वटै राज्यमा सम्पन्न गर...