"Peace comes from within. Do not seek it without." — Buddha

अमेरिकी राष्ट्रपतिय निर्वाचन २०२४

  

चार वर्षको कार्यकाल पछि अमेरिकाका वर्तमान राष्ट्रपति जो विडेन आउँदो जनवरी २०,२०२५ मा राष्ट्रपति कार्यालय बाट बिदा हुदैंछन् । तर पनि आउँदो नोभेम्बरमा हुने चुनावका लागि आफ्नो पार्टीबाट राष्ट्रपति उम्मेदवारका आकांक्षीका रुपमा प्राइमरी इलेक्सनमा भाग लिएका छन् ।अमेरिकी राष्ट्रपतिय इतिहासका उनी ४६ औं राष्ट्रपति हुन्। यस अघि बाराक ओबामाका दुवै कार्यकालमा उनी उपराष्ट्रपति पनि थिए। यसरी विडेनको राष्ट्रपति कार्यालयसँग पुरानै सम्बन्ध रहेको देख्न सकिन्छ।

अमेरिकामा हरेक ४ वर्षको अन्तरालमा नोभेम्बर महिनामा राष्ट्रपति कार्यालयको लागि चुनाव गर्ने गरिन्छ। विजयी उम्मेदवारले जनवरी २० देखि कार्य सम्पादन गर्ने व्यवस्था रहेको हुन्छ।

राष्ट्रपति पदका लागि आफ्नो मनोनयन दर्ता गराउन इच्छुक उम्मेदवारले पार्टीको आन्तरिक चुनावमा बिजयी भै आउनु पर्ने हुन्छ। जसलाई अमेरिकी शब्दमा “PRIMARY ELECTION” भनिन्छ । आज हामी सोहि PRIMARY ELECTION का बारेमा चर्चा गर्नेछौं।

 

PRIMARY ELECTION राष्ट्रपति कार्यालयका लागि हुने निर्वाचन पुर्व नै अमेरिकाका ५० वटै राज्यमा सम्पन्न गरिन्छ। अमेरिकाका राज्य पिच्छे नै यो चुनाव गरिने अभ्यास फरक फरक छ

जस्तै उदाहरणका लागि कुनै मतदाता रिपब्लिकन पार्टीसंग आवद्ध भएको उल्लेख गरेको छ भने उसले रिपब्लिकन पार्टीको PRIMARY ELECTION का लागि मत हाल्न पाउनेछ । यसलाई CLOSED PRIMARY भनिन्छ। निम्न लिखित राज्यहरुमा यो प्रणालीको अभ्यास गरिएको छ।

  • Alaska*
  • Arizona
  • California*
  • Connecticut
  • Delaware
  • Florida
  • Hawaii

 

OPEN PRIMARY (WITH PARTISAN REGISTRATION): यस व्यवस्थामा पार्टीमा आवद्ध व्यक्तिले त माथि उल्लेखित CLOSED PRIMARY अन्तर्गत रहेर मत हाल्न त पाउंछ नै यसका अतिरिक्त स्वतन्त्र मतदाताले PRIMARY ELECTION का निमित्त मात्रै कुनै एक पार्टीमा मत हाल्न पाउने व्यवस्था गरिएको हुन्छ। यसका निमित्त मतदाताले आफ्नो नाम दर्ता गराउनु पर्ने हुन्छ । अमेरिकाका निम्न लिखित राज्यहरुमा यो व्यवस्था अपनाइएको छ।

·        Colorado

  • Iowa
  • Kansas
  • Massachusetts
  • New Hampshire
  • Rhode Island

 

OPEN PRIMARY (WITH NON-PARTISAN REGISTRATION): यो व्यवस्था अन्तर्गत रहेर रिपब्लिकन मतदाताले डेमोक्राटका उम्मेदवारका लागि पनि PRIMARY ELECTION मा मत हाल्न पाउनेछन। मतदातालाई कुनै एक पार्टीको PRIMARY ELECTION मा मत हाल्ने दिईएको हुन्छ । यसका लागि दर्ता गरिराख्नु आवश्यक पर्दैन। अमेरिकाका हाल यी राज्यहरुमा यो अभ्यास गरिएको छ।

  • Alabama
  • Arkansas
  • Georgia
  • Illinois
  • Indiana 
  • Michigan
  • Minnesota
  • Mississippi

 

गुट बैठक(caucuses) : प्राइमरी इलेक्सन बाहेक कतिपय राज्यहरुमा गुट बैठकका माध्यमबाट पनि उम्मेदवारका लागि मत हालिने व्यवस्था हुन्छ। पार्टीका सदस्यहरु सहभागी भई उम्मेदवार छनोटका लागि बहस गर्ने गर्दछन। यधपि यो निकै कम राज्यमा अभ्यास गरिन्छ।

  •          Iowa
  •         Nevada

नोभेम्बर बाट हुने निर्वाचनमा राष्ट्रपति पदका लागि भिड्नका निमित्त रिपब्लिकन र डेमोक्र्याट दुवै पार्टीबाट प्राइमरी इलेक्सनमा सहभागी हुने इच्छुक व्यक्तिहरुका नाम, नारा एवम् लोगो सार्वजनिक भैसकेका छन् ।

जस अन्तर्गत डेमोक्र्याटको प्राइमरी इलेक्सनमा:

१.   राष्ट्रपति पदका लागि Joe Biden



 

लोगो :


नारा : Let’s finish the job!

२.    राष्ट्रपति पदका लागि Dean Phillips


Dean Phillips

 

लोगो:


 

नारा : It's Time for Change

 

३.      राष्ट्रपति पदका लागि Marriane Williamson


Marriane Williamson

लोगो :


नारा : A New Beginning

यस्तै रिपब्लिकन पार्टीबाट प्राइमरी इलेक्सनका लागि निम्न लिखित उम्मेदवारहरु मैदानमा उत्रिएका छन् ,

१.      राष्ट्रपति पदका लागि Donald Trump



 

लोगो:


 

नारा : Make America Great Again!

२.      राष्ट्रपति पदका लागि Nikki Haley

 

Nikki Haley

लोगो:


 

नारा : Stand for America

३.      राष्ट्रपति पदका लागि Ryan Binkley


 

लोगो:


 

नारा : The Way to Freedom

 

 

माथि उल्लेखित डेमोक्र्याटिक एवं रिपब्लिकन पार्टी बाहेक राष्ट्रपति पदका लागि उम्मेदवारी दिने स्वतन्त्र उम्मेदवारले भने प्राइमरी इलेक्सन बेहोरिरहन पर्दैन

यसरी आफ्नो पार्टीको आन्तरिक चुनाव जित्ने सफल उम्मेदवारले आउँदो राष्ट्रपतिय निर्वाचनको रणसंग्राममा भाग लिने अवसर पाउँदछन् 

 

 References:

https://goodparty.org/blog/article/can-independent-voters-vote-in-primaries

https://www.nytimes.com/2020/02/04/us/politics/what-states-caucus.html

https://ballotpedia.org/Presidential_campaign_logos_and_slogans,_2024

 

 

Comments